सीईओ छनोटमा सबै उम्मेदवार फेल भएपछि राष्ट्रिय जीवन बीमा कम्पनीले पुनः आवेदन माग्यो

सीईओ छनोटमा सबै उम्मेदवार फेल भएपछि राष्ट्रिय जीवन बीमा कम्पनीले पुनः आवेदन माग्यो

राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पुनः आवेदन माग गरेको छ।

यसअघि असोज १६ मा प्रकाशित सूचनाअनुसार, आवेदन दिएका ४ प्रतिस्पर्धीमध्ये कुनै पनि उम्मेदवारले आवश्यक न्यूनतम ६०% अंक प्राप्त गर्न नसकेपछि छनोट प्रक्रिया स्थगित भएको थियो। उम्मेदवारको शैक्षिक योग्यता, अनुभव, र व्यावसायिक कार्ययोजनाको मूल्यांकनमा कुल ५५ पूर्णांकको कम्तीमा ६०% अंक ल्याउनुपर्ने प्रावधान छ।

नयाँ सूचनाअनुसार, इच्छुक र योग्य व्यक्तिले आवश्यक शैक्षिक प्रमाणपत्र र कागजातसहित २१ दिनभित्र रामशाहपथस्थित कम्पनीको कार्यालयमा आवेदन दिनुपर्नेछ।

vacancy VzaWppZU8c https://bajarkochirfar.com/%e0%a4%b8%e0%a5%80%e0%a4%88%e0%a4%93-%e0%a4%9b%e0%a4%a8%e0%a5%8b%e0%a4%9f%e0%a4%ae%e0%a4%be-%e0%a4%b8%e0%a4%ac%e0%a5%88-%e0%a4%89%e0%a4%ae%e0%a5%8d%e0%a4%ae%e0%a5%87%e0%a4%a6%e0%a4%b5%e0%a4%be | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स