‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग ‘ब्रेक थ्रू’ सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ बैशाख ३ गते
‘सिस्नेखोला–नागढुंगा’ सुरुङमार्ग ‘ब्रेक थ्रू’ सम्पन्न

नागढुंगा–सिस्नेखोला मुख्य सुरुङमार्गको ब्रेक थ्रु भएको छ। कुल दुई हजार ६८८ मिटर लम्बाइ रहेको मुख्य सुरुङमार्गको सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रु गरेका हुन्।

अहिले सुरुङ मार्ग ब्रेक थ्रू मात्रै भएको हो,गाडी गुड्न भने अझै केहि समय लाग्ने छ | भित्री सडक कालोपत्रे गर्न, भित्ता ढलान गर्न, अक्सिजनको मात्रा मिलाउने, बिजुली जडान गर्ने, तामक्रम मिलाउने लगायतका फिनिसीङको काम गर्न १ वर्ष  समय लाग्नेछ।  सुरुङ मार्ग करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो । सुरुङमा काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न  सकिने छ । सुरुङ निर्माणको कुल लागत साढे २२ अर्ब रुपैयाँ हो। यसमध्ये साढे १६ अर्ब जापानको ऋण सहयोग र ६ अर्ब नेपालको लगानी छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स