सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १८औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ। सोमबार कात्तिक १२ गते काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा अध्यक्ष प्रवल जंग पाण्डेको अध्यक्षतामा आयोजित सभामा बैंकको आर्थिक प्रतिवेदनहरू पारित गर्दै सेयरधनीहरुलाई गत आर्थिक वर्षको वितरण योग्य मुनाफाबाट ४% बोनस सेयर र कर प्रयोजनका लागि ०.२१% नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ का विभिन्न वित्तीय प्रतिवेदनहरू, लेखापरीक्षकको प्रतिवेदन, एनएफआरएस मापदण्डअनुसार तयार गरिएको वासलात तथा नाफा-नोक्सानी विवरणमा छलफल गरी पारित गरिएको थियो। अध्यक्ष पाण्डेले भविष्यमा बैंकले अझ बढी प्रगति गर्ने र संस्थागत सुशासनलाई सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे।













![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-768x432.jpg)





![लर्न टेक्निकल एनालाइसिस फ्रम भेरी बेसिक, कम्प्लिट ट्युटोरियल डे १ [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/VMkaBP0C2dM-maxresdefault-150x150.jpg)
प्रतिकृया