सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकार सामाजिक सञ्जालको संचालन, प्रयोग, नियमन र साइबर सुरक्षासम्बन्धी विधेयकमाथि काम गरिरहेको जानकारी दिएका छन्। सोमबार राष्ट्रिय समाचार समितिको २४-घण्टा समाचार सेवाको प्रारम्भमा मन्त्री गुरुङले एकसय दिनमा पूरा गर्नुपर्ने कामहरूको सूची सार्वजनिक गरेका छन्।
मन्त्री गुरुङ अनुसार प्रधानमन्त्री ओलीले एकसय दिनमा पूरा गर्नुपर्ने कामहरूको सूची प्रस्तुत गरेका छन्। यस अन्तर्गत, सञ्चार मन्त्रालयका लागि प्रमुख ६ वटा काम रहेका छन्। जसमा सामाजिक सञ्जालको प्रयोग र नियमनसम्बन्धी विधेयक, सूचना प्रविधि र साइबर सुरक्षासम्बन्धी विधेयक, दुरसञ्चारसम्बन्धी विधेयक, राष्ट्रिय आमसञ्चार विधेयक, चलचित्र विधेयक (संशोधन गर्नुपर्ने) र सरकारी इमेल प्रयोगसम्बन्धी कार्यविधि तयार गर्न र छलफलका लागि सार्वजनिक गर्नुपर्ने रहेको छ। यसका साथै, सामाजिक सञ्जाल सम्बन्धी विधेयक र साइबर सुरक्षा विधेयक भाद्र महिनाको अन्त्यसम्म पूरा गर्नुपर्ने भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रोडब्याण्ड नीतिको मस्यौदा तयार गर्न र कागज रजिस्ट्रारको अवधारणा कार्यान्वयन गर्न एकीकृत कार्यालय व्यवस्थापन प्रणालीलाई असोज महिनाको अन्त्यसम्म थप ३० वटा कार्यालयमा पुर्याउनुपर्ने सीमा तोकेको पनि मन्त्री गुरुङले जानकारी दिएका छन्।
प्रतिकृया