काठमाडौंमा देशभरका डिजिटल स्टार्टअपहरूको सहभागितामा दुई दिने ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुँदैछ। ‘लिभिङ विथ आइसिटी’ले कार्तिक २९ र ३० गते बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा आयोजना गर्ने यस कार्यक्रममा १०० भन्दा बढी स्टार्टअप र इनोभेसनका आइडिया तथा प्रोडक्टहरूको प्रदर्शनी गरिनेछ। यो कार्यक्रम ‘आइसिटी अवार्ड २०२४’ को प्रि-इभेन्टको रूपमा आयोजना हुनेछ।
यस अवसरमा ७ वटै प्रदेशबाट छनोट भएका ३० भन्दा बढी स्टार्टअपका साथै प्रतिस्पर्धाबाट छनोटमा परेका उत्कृष्ट १२ स्टार्टअपले पनि आफ्ना आइडिया र प्रोडक्टहरू प्रस्तुत गर्नेछन्। सह-आयोजक स्क्वाइड अफ चेन्जमेकरले स्टिम क्याम्प, रकेट साइन्स, र गेम कार्यक्रम सञ्चालन गर्नेछ भने इन्जिनियरर्स भ्लग्सले रोबोट प्रतियोगिताको आयोजना गर्नेछ।
कार्यक्रमको उद्देश्य स्टार्टअप, विद्यार्थी, र इनोभेटरहरूलाई प्रोत्साहन गर्नु रहेको छ। आयोजक समितिका अध्यक्ष राजन लम्सालका अनुसार यो फेस्ट सरकार, इकोसिस्टम विकासमा योगदान गर्ने संस्था, र लगानीकर्ताहरूसँग सहकार्यको लागि महत्वपूर्ण अवसर हुनेछ।
फेस्टमा भिसीहरूको नेटवर्किङ सेसनसमेत गरिनेछ जसबाट आइडिया र प्रोडक्टमा लगानी गर्न इच्छुक लगानीकर्ताले स्टार्टअपहरूसँग प्रत्यक्ष संवाद गर्न सक्नेछन्। दुई दिने प्रदर्शनीमा अवलोकनकर्ताहरूले निःशुल्क रूपमा सहभागी हुन सक्नेछन् भने विद्यार्थीहरूका लागि थप सहजीकरणको व्यवस्था गरिनेछ।
स्टार्टअपहरूलाई मेन्टरिङ, इन्क्युवेसन सेसन, र उद्योग भ्रमण पनि गराइनेछ। किङ्स कलेजको सहकार्यमा बुटक्याम्प, एमआईटी कलेजको सहकार्यमा मेन्टरिङ सेसन, र एफवान सफ्टसँगको सहकार्यमा इन्डस्ट्री भिजिट कार्यक्रमहरू सञ्चालन हुनेछन्। सातै प्रदेशका उत्कृष्ट स्टार्टअपलाई ‘आइसिटी अवार्ड २०२४’ को ग्रान्ड फिनालेमा सम्मान गरिनेछ।
‘आइसिटी अवार्ड २०२४’ का लागि विभिन्न १४ विधामा छनोट प्रक्रिया भइरहेको छ। अवार्डको नवौं संस्करण पुस ५ गते आयोजना हुनेछ र यसमा साउथ एसिया क्षेत्रका स्टार्टअपहरूका लागि विशेष ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड’ पनि प्रदान गरिनेछ। कार्यक्रमका बारेमा थप जानकारीका लागि www.nepalistartup.com मा जानकारी हेर्न सकिन्छ।






![थोरै पैसामा गर्न सकिने बिजेनसहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/maxresdefault-3-768x432.jpg)








![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)


प्रतिकृया