नेपाली युवालाई भारतमा एआईदेखि नेटवर्किङसम्मको निःशुल्क तालिम दिइने, यसरी दिन सकिन्छ आवेदन

नेपाली युवालाई भारतमा एआईदेखि नेटवर्किङसम्मको निःशुल्क तालिम दिइने, यसरी दिन सकिन्छ आवेदन
Advertisement Ads

नेपाली युवा उद्यमी र स्टार्टअप सुरु गरेका व्यक्तिहरूका लागि भारतको प्रसिद्ध प्राविधिक संस्थान IIT मद्रासमा प्रशिक्षण लिने अवसर खुला गरिएको छ। काठमाडौँस्थित भारतीय दूतावासले ‘इन्डिया–नेपाल स्टार्टअप पार्टनरशिप नेटवर्क (IN-SPaN)’ को दोस्रो चरणका लागि आवेदन आह्वान गरेको हो। नेपाल र भारतबीचको व्यावसायिक सम्बन्धलाई अझ सुदृढ बनाउने उद्देश्यले सुरु गरिएको यो कार्यक्रम विशेषगरी प्रविधि, नवप्रवर्तन र नयाँ व्यवसायिक सोच भएका युवाहरूलाई लक्षित गरिएको छ।

यस तालिम अन्तर्गत सहभागीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (AI) को व्यवसायमा प्रयोग, नेटवर्किङ सीप, प्रभावकारी प्रस्तुतीकरण कला तथा नेतृत्व विकासजस्ता महत्वपूर्ण सीपहरू सिक्ने अवसर पाउनेछन्। कार्यक्रम दुई महिनासम्म सञ्चालन हुनेछ, जुन जुन १ देखि जुलाई ३१ सम्म चेन्नईस्थित IIT मद्रास प्रवर्तक टेक्नोलोजी केन्द्रमा हुने छ। छनोट भएका सहभागीहरूको यात्रा, आवास, खानपान तथा कोर्स शुल्क भारत सरकारको दूतावासले व्यहोर्नेछ।

आवेदन दिने अन्तिम मिति मे १९, २०२६ अर्थात् जेठ ५ गते रहेको छ भने नतिजा मे २५, २०२६ अर्थात् जेठ ११ गते सार्वजनिक गरिनेछ। कार्यक्रम सफलतापूर्वक पूरा गरेपछि सहभागीहरूले IIT मद्रास प्रवर्तकको प्रमाणपत्र प्राप्त गर्नेछन्। थप जानकारीका लागि काठमाडौँस्थित भारतीय दूतावासका श्री अतुल मदानसँग ९८५-११०-७०५२ नम्बरमा वा [email protected] इमेल मार्फत सम्पर्क गर्न सकिनेछ भने यहाँ क्लिक गरेर आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

6 Comments
Oldest
Newest Most Voted
Dhan bahadur Shahi
Dhan bahadur Shahi
3 months ago

How to fill form?

Sishir bhatta
Sishir bhatta
3 months ago

I am interested

Dil kumari gurung
Dil kumari gurung
3 months ago

I am interest

Dil kumari gurung
Dil kumari gurung
3 months ago

Good

Nipun Tiwari
Nipun Tiwari
3 months ago

.

Aasish bhandari
Aasish bhandari
2 months ago

I am interested to learn about it.

Last edited 2 months ago by Aasish bhandari

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स