राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले एनसेललाई किस्ता बन्दीमा कर तिर्ने छुट दिएको आरोप लगाएका छन् ।
प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङदेनले एनसेललाई सरकारले दुहुनो गाईको रुपमा प्रयोग गरेको आरोप लगाएका हुन् ।
उनले एनसेलको लगानीकर्ता नेपालमा मात्र नभएको भन्दै विदेशमा कहिँ पनि विवादित नभएको कम्पनि नेपालमा आएपछि किन विवादमा पर्छन् र कर तिर्न आनाकानी गर्छन्, भन्दै प्रश्न गरेका छन् ।
अध्यक्ष लिङदेनले सरकार कामकुरो एकातिर कुम्लो बोकी थिमी तिर भने जस्तो गरिरहेको आरोप लगाए ।
सरकारले कांग्रेस र एमाले मिलेपछि राम्रो काम हुन्छ भनेकोमा एनसेललाई किस्ताबन्दीमा कर तिर्न छुट दिएको आरोप लगाए । उनले यस विषयमा आउदा दिनमा आफुले विस्तृत रुपमा कुरा उठाउने बताए ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया