सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहको सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। कम्पनीले संस्थापक समूहका केही सेयरधनीहरूको स्वामित्वमा रहेका २ लाख १४ हजार ६७२ कित्ता सेयर बिक्रीमा राखेको हो।
यसअघि उक्त सेयरहरू अन्य संस्थापक सेयरधनीहरूलाई खरिदको प्रस्ताव गरिएको थियो तर संस्थापक सेयर धनीहरूले खरिद नगरेपछि सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरिएको हो।सेयर खरिद गर्न इच्छुक लगानीकर्ताहरूले १५ दिनभित्र बन्दीपुर–१, डुम्रे तनहुँस्थित लघुवित्तको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

















प्रतिकृया