SHAREHUBSHAREHUB

सडक मानवरहित उदेश्यले महोत्तरीको बर्दिवासमा आजदेखि शिव पुराण सुरु

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २२ गते
AdvertisementAds
सडक मानवरहित उदेश्यले महोत्तरीको बर्दिवासमा आजदेखि शिव पुराण सुरु
AdvertisementAds

हाम्रो माया घर निर्माणार्थ महोत्तरीको बर्दिवासमा शिव पुराण महायज्ञको आज देखि कथावाचन प्रारम्भ भएको छ । राधिका दाशीले वाचन गर्ने उक्त महायज्ञ २९ गतेसम्म जारी रहनेछ ।

सडक मानवरहित उदेश्यले निर्माण गर्न लागिएको भवन निर्माणार्थ आयोजना भएको माहायज्ञवाट झन्डै २ करोड दान संकलन गर्ने आयोजक पक्षले लक्ष्य लिएको छ । माहायज्ञ मुल आयोजक समितिका संयोजक हिरालाल गौतमका अनुसार कथावाचन पारम्भ हुनुभन्दा अगावै दान, सहयोगमा उत्साह देखिएको छ ।

`हामीले सहयोगको आफ्नै मापदण्ड वनाएका छौ । मापदण्डको पोरिफेरिमा रहेर कसैले नगद, कसैले कोठा निर्माण, कसैले इट्टा सहयोगको घोषणा भैइसकेको छ ।´ संयोजक गौतमले भने । `सडक मानव विस्थापनको यो अभियानमा सवैको हातेमालो रहेको छ ।´

सोमवार हजारौं नगरवासीले निकालेको कलशयात्राले प्रतिवद्वताको सन्देश प्रवाह गरेको आयोजकलाई थप उत्साहित वनाएको सचिव चेत कुमार थापाले वताए । झन्डै २३ लाख खर्च हुने अनुमान गरिएको माहायज्ञमा १ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।

बर्दिवास-२ मा रहेको २ कठ्ठा जगामा निर्माण हुन लागेको भवनको डिपिआर अनुसार लागत ११ करोड लाग्ने वताईएको छ । प्रराम्भिक चरणमा आधारहरु तयार गर्न माहायज्ञ लगाउने निर्णय भएतापनी अब यसपछी भने तिनै तहका सरकारसँग अनुरोध गर्ने संयोजक गौतमले वताए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स