कांग्रेस साथीहरु, संसद निल्ने प्रयास गर्नसक्छन् जोगाउनुहोला,: प्रचण्ड

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
कांग्रेस साथीहरु, संसद निल्ने प्रयास गर्नसक्छन् जोगाउनुहोला,: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई आफ्नो संसद जोगाउन आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा विश्वासको मत माग्दै उनले संविधान नकुल्ची सरकार गठन गर्न आग्रह गरे ।

उनले भने, ‘म कांग्रेस-एमालेका साथीहरूलाई पनि सहकार्यको बधाईसहित केही भन्न चाहन्छु । तपाईंहरू संविधान मिच्नतिर नलाग्नुहोला । नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला । कांग्रेसका साथीहरूलाई बेग्लै मेरो अनुरोध छ, कृपया संसद चाहिँ बचाउनुहोला । संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन् । हिजो हामी मिलेर जोगाएका हौं । अब पनि जोगाउनुहोला र आफू पनि जोगिनुहोला ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स