संविधान दिवसको अवसरमा ‘नेसनल डे कन्सर्ट’ गर्दै नेपाल सरकार

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १० गते
संविधान दिवसको अवसरमा ‘नेसनल डे कन्सर्ट’ गर्दै नेपाल सरकार

नेपाल सरकारले संविधान दिवसको अवसरमा ‘नेसनल डे कन्सर्ट’ गर्ने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको संविधान दिवश मूलसमारोह समितिको बैठकले  नेसनल डे कन्सर्ट (राष्ट्रिय दिवस उत्सव) गर्ने निर्णय गरेको हो ।

नेपाल सरकारले सैनिक मञ्च टुडिखेलमा औपचारिक कार्यक्रम गरेपछि नारायणहिटि दरबार अगाडिको खुला स्थानमा  नेसनल डे कन्सर्ट गर्न लागेको हो । नेपालका ख्यातिप्राप्त कलाकारहरुको प्रस्तुति रहने कार्यक्रममा नेपाल सरकारको पनि सहभागिता रहने बैठक पछि गृहमन्त्रालयका सचिव एक नारायण अर्यालले जानकारी दिए ।

त्यस्तै, सरकारले संविधान दिवशको अवशरमा निजि क्षेत्रलाई विभिन्न विषयमा छुट सहुलियत पनि दिने भएको छ ।  छुट सहुलियत दिने विषय छनौटको लागि सबै मन्त्रालयको सचिवहरु भएको एक उपसमिति बनाइएको पनि सचिव अर्यालले जानकारी दिए । सरकारले संविधान दिवशको बिभिन्न कार्यक्रमहरु अशोज २, ३ र ४ गते मनाउने निर्णय गरेको छ ।

यस्तै संविधान दिवसको मूल कार्यक्रम असोज ३ गते काठमाण्डौ लगायत प्रदेश स्तरमा र पालिका स्तरमा मनाउन समेत सरकारले आह्वान गरेको छ । दिवस मनाउने अवधिमा सरकारले गरेका राम्रा कामहरुको सार्वजनिक प्रसारण र प्रदर्शन गर्ने निर्णय पनि सरकारले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स