नेपाल सरकारले आज सार्वजनिक बिदा दिएको छ । वैदिक सनातन धर्मावलम्बीहरुको ‘श्रीकृष्ण जन्माष्टमी’ पर्वको अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको हो ।
आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गरेको छ ।
त्यस्तै, आज सेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । मंगलबार देखि पुन: कारोबार समयमै सुरु हुने छन् ।




















प्रतिकृया