शपथ ग्रहण गर्दा ओलीले लिएनन् ‘ईश्वर’ शब्द

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार ३१ गते
शपथ ग्रहण गर्दा ओलीले लिएनन् ‘ईश्वर’ शब्द

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ। दुई उपप्रधानमन्त्री सहित २१ मन्त्रीहरुले सोमबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सपथ ग्रहण गरेका छन्। शपथ ग्रहणका क्रममा नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले ‘ईश्वर’ शब्दनै उच्चारण गरेनन्।

ओलीलाई शपथ ग्रहण गराउँदै राष्ट्रपति रामचन्द्र पौडेलले ‘… सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्दै ईश्वर, देश र जनताको नाममा सपथ लिन्छु कि…’ भने। तर ओलीले हतार हतारमा ‘… सत्य निष्ठा पूर्वक प्रतिज्ञा गर्दै देश र जनताको नाममा सपथ लिन्छु कि…’ भने।

यस अघि ओलीले तेस्रो पटक प्रधानमन्त्री नियुक्त हुँदा शपथमा रहेको ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द ओलीले उच्चारण नगर्दा उनी विवादित बनेका थिए। तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द दोहोर्‍याएपछि ओलीले, ‘त्यो पर्दैन।’ भनेका थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स