विकासका लागि आवश्यक अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र २५ गते
विकासका लागि आवश्यक अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्रीको आग्रह
AdvertisementAds

प्रधानमन्त्री केपी शर्मा ओलीले देशको विकास र समृद्धिका लागि आवश्यक पर्ने नयाँ नयाँ आविष्कार र अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुलपतिसमेत रहनुुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो बिरामी भएकाले यसलाई कसरी उपचार गर्न सकिन्छ भन्ने जस्ता विषयमा अनुसन्धान गर्न आग्रह गरेका हुन् । उनले तरकारी र उत्पादनमा विषादीयुक्त किटाणु कसरी रोक्ने र चाहिने किटाणु कसरी कायम राख्ने भन्ने जस्ता विषयमा अनुसन्धान भएमा उत्पादन र उत्पादकत्वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

“आफूलाई जे मन लाग्यो त्यसमा भन्दा पनि देशको आवश्यकताको विषयमा अनुसन्धान होस् । कृषि क्षेत्रको अनुसन्धानका लागि कृषि अनुसन्धान परिषद् (नार्क) जस्ता सस्थासँग सहकार्य होस् ।  प्रशासनिकरुपमा मुलुकमा सुशासन कायम गर्ने कामको नेतृत्व म गर्छु । तपाईँ वैज्ञानिकहरुबाट नयाँ खोज र अनुसन्धान गरेर मुलुकको परिवर्तनमा योगदान हुन म आग्रह गर्छु ।’’, प्रधानमन्त्री ओलीले भने, “ज्ञान, विज्ञान र योगको उद्गम भूमि नेपाल विभिन्न कारणले पछाडि परेको छ । अरुले ढुङ्गा हानेर सिकार गर्दै गरेको अवस्थामा हामीले पशुपालनको युग सुरु गरिसकेका थियौँ । अब ग्रिन हाइड्रोजनको प्रयोग र अन्तरिक्षको अर्बिटमा आफ्नै सेटलाइन राख्ने विषयमा ध्यान दिन सक्नुपर्छ । भूकम्पको पूर्व सूचना प्रणालीलाई स्थापित गरेर जानुपर्छ ।’’

प्रधानमन्त्री ओलीले सिद्धान्त र दर्शनका आधारमा नभए पनि प्रयोग र अभ्यासका हिसाबले नेपाली पुर्खाले सुरु गरेका आयुर्वेद विज्ञान, ध्वनि विज्ञान, नृत्य विज्ञानजस्ता क्षेत्रमा गरेका विकासको स्मरण गर्दा आत्मबल वृद्धि हुने बताए ।

सभाले आर्थिक वर्ष २०८१-०८२ का लागि रु ५० करोड ६८ लाख ३९ हजारको बजेटसहितको कार्यक्रम स्वीकृत गरेको छ । सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत सहभागी सभामा प्रतिष्ठानका उपकुलपति प्रा डा दीलिप सुब्बाले विज्ञान, प्रविधि र नवप्रवद्र्धनलाई सरकारले समृद्धिको एक आधार मानेकामा प्रशन्नता व्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स