वर्षमान पुन भन्छन्, “विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ११ गते
वर्षमान पुन भन्छन्, “विद्युत व्यापारको पहिलो सम्भावना भारत नै हो”

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं पूर्वमन्त्री वर्षमान पुनले विद्युत व्यापारको पहिलो सम्भावना भारत रहेको बताएका छन् । मंगलवार उर्जा, जलश्रोत तथा सिंचाई मन्त्रालयमा पूर्वउर्जामन्त्रीहरुसँगको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

उनले भारतपछि दोस्रो सम्भावना बंगलादेश रहेको र सोहीअनुसार सरकारले आफ्ना योजनाहरु अघि बढाउनुपर्ने बताए । उनले बंगलादेशमा विद्युत निर्यातका लागि अबको भूराजनीतिक अवस्थाले पनि प्रभाव पार्ने बताए ।

उनले वर्तमान सरकारले भारतलाई हेर्ने दृष्टिकोणका आधारमा नेपालले पनि आवश्यक कदम चाल्नुपर्ने बताए । विगतको बंगलादेशको सरकार र भारतको सम्बन्ध राम्रो रहेको तर अहिलेको सरकारले भारतसँग कस्तो सम्बन्ध राख्छ भन्नेकुराले ट्रान्समिसन लाइनका लागि बाटो दिने वा नदिने भन्ने बारेमा महत्व राख्ने बताए ।

उनले भने, ‘विद्युत व्यापारको सम्भावना भारत नै हो । त्यसपछि दोस्रो सम्भावना भनेको बंगलादेश नै हो । बंगलादेश असाध्यै सम्भावना थियो । तर अबको भूराजनीतिक स्थिति के हुन्छ थाहा छैन । पहिला भारतसँग सहकार्य राम्रो गरेको सरकार थियो र राम्रै थियो । अब त्यति सजिलो हुन्छ की हुँदैन थाहा छैन । हामीले त्यो पनि हेर्नुपर्छ । किनभने हाम्रो इच्छाले जरुरी छ भनेर लगिहाल्ने होइन । जसरी सजिलै उहाँहरुले हाम्रो ट्रान्समिसन प्रयोग गर्न दिने, निर्यात गर्न दिने हुन्छ की हुँदैन । चीनतिरको धेरै जरुरी देखिँदैन । तिब्बत क्षेत्रमा लैजान सक्नुहुन्छ ।’

उपमहासचिव पुनले विद्युत विधेयकमा प्रतिपक्ष र सत्तापक्ष भन्ने भन्दा पनि आवश्यक मागहरु सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताए ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स