वर्तमान सरकार जनतालाई डेलिभरी दिनकै लागि बनेको होः गृहमन्त्री लेखक

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र ६ गते
वर्तमान सरकार जनतालाई डेलिभरी दिनकै लागि बनेको होः गृहमन्त्री लेखक

गृहमन्त्री रमेश लेखकले वर्तमान सरकार जनतालाई डेलिभरी दिनका लागि बनेको बताएका छन् । सिरहा र धनुषामा आयोजना हुन लागेका विभिन्न कार्यक्रमहरुमा सहभागी हुन बिहीवार बिहान जनकपुर पुगेका उनले यस्तो बताएका हुन् ।

उनले मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुने बताए । उनले संविधानको कार्यान्वयन, समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई द्रुत गति दिने उद्देश्यका साथ नयाँ समीकरण बनेको बताए ।

उनले सरकार मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको दाबी गरे । उनले गृहमन्त्री लेखकले प्रदेशका प्रहरी समायोजन सहितका समस्या समाधानका लागि संघीय प्रहरी कानून संशोधन हुनेगरी नयाँ कानून बनाउन लागिएको पनि जानकारी दिए । नयाँ प्रहरी कानून बनाउन मन्त्रालयबाट निर्णय गरी अर्थ मन्त्रालयमा पठाइसकिएको र विभिन्न मन्त्रालयको सहमति पछि संसदमा पेश हुने बताए ।

उनले भने, ‘मुलुकमा सरकारको स्थिरता, राजनीतिक स्थिरता र अर्थतन्त्रलाई क्रियाशिल बनाउने, आर्थिक गतिविधि बढाउने, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, समावेशिता चरित्र भएको राज्यसहितको जुन हामीसँग संविधान छ, त्यसको कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गर्ने, विकास निर्माणका कामहरुलाई दु्रत गति दिने, लगायतका कामहरु गर्नेगरी नयाँ समीकरणका साथ नयाँ सरकार बनेको छ । यो सरकारले मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको लक्ष्य प्राप्ति गर्ने दिशामा अघि बढेको छ । हामीले त्यही ढंगले काम सम्पादन गर्छौं । मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्त गर्ने कुरामा अघि बढिरहेका छौँ । संघको प्रहरी कानून संशोधन गर्ने गरेर नेपाल प्रहरी ऐन, २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने, नयाँ कानूनी, नयाँ बनाउने गरेर मैले मन्त्रालयबाट निर्णय गरेर अघि बढाइसकेको छु । त्यो अर्थ मन्त्रालयमा गएको छ । विभिन्न मन्त्रालयहरुको सहमति पछि यो संसदमा जान्छ र प्रहरी सम्बन्धी संघका ऐनहरुमा संशोधन, परिमार्जन गरेर हामी प्रहरीको समायोजन र प्रदेश प्रहरी पनि गठन हुने, समायोजन हुने दिशामा अघि बढ्छौँ । यो सरकार डेलिभरी गर्नका लागि बनेको सरकार हो, डेलिभरी हुन्छ । मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ ।’

प्रहरी सम्बन्धी संघीय ऐनमा संशोधन परिमार्जन गरेर प्रहरीको समायोजन र प्रदेश प्रहरी गठन र समायोजनका कामहरु हुने उनको दाबी छ ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स