हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न कात्तिक २५ गते आइतबार वार्षिक साधारण सभा बोलाएको छ । सभा, आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।
सभामा बैंकले १०% बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६% नगद गरी कुल १०.५२६% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ । बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ ।
सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, कात्तिक ६ गतेसम्म कायम रहेका सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया