सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश पारितका लागि दशौ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस ६ गते इटहरीको सुनसरीस्थित दुर्गा पार्टी प्यालेसमा वार्षिक साधारण सभा बोलाएको हो । सो सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले आवको नाफाबाट हाल कायम चुक्तापूँजीको १३.७७५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, सभाले अन्य कुनै उपयुक्त संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धि सम्पूर्ण कार्यसम्पन्न गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न , लेखापरीक्षक नियुक्त गर्ने , र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि पारित गर्नेछ
साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ ।जस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरूले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।












![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-768x432.jpg)






![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया