नबिल बैंकले आगामी मंसिर २७ गते ४० औं वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २ गते बसेको बैंक सञ्चालक समितिको बैठकले साधारण सभा मंसिर २७ गते गर्ने निर्णय गरेको हो ।
नबिल बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कर सहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण गरिने बैंकले जानकारी गराएको छ ।
साधारण सभा प्रयोजनार्थ मंसिर १० गते १ दिन बुक क्लोज गर्ने बैंकले जनाएको छ । जस अनुसार मंसिर ९ गते सम्म कायम सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।













प्रतिकृया