सानिमा बैंकले आफ्नो २०औँ वार्षिक साधारणसभा भोलि मंसिर ४ गते बस्ने भएको छ । सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे सुरु हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापुँजीको ५.२६३२ प्रतिशत बराबरको नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले कात्तिक २५ गते बुक क्लोज गरिसकेको छ। जस अनुसार कात्तिक २५ गतेसम्म कायम सेयरधनीहरू मात्रै लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।













![अर्थ मन्त्रालयद्वारा ‘पुँजी बजार सुदृढीकरण तथा पुनरूत्थान कार्ययोजना, २०८३’ सार्वजनिक [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/06/Stay-Updated-With.-1-17-150x150.png)



प्रतिकृया