राजेन्द्र महतो भन्छन्, “रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
राजेन्द्र महतो भन्छन्, “रविको मुद्दा बार्गेनिङमा टुंग्याउन खोजिँदैछ”

राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको घटनामा प्रतिशोध वा बार्गेनिङको आशंका व्यक्त गरेका छन्। महतोले एक विज्ञप्ति जारी गर्दै, जोसुकैमाथि पनि लागेको अभियोग वा आरोपमा निष्पक्ष न्यायिक अनुसन्धान र कारबाही हुनुपर्ने बताए।

उनले भनेका छन्, “लामिछानेको मुद्दामा पनि निष्पक्ष र न्यायसङ्गत छानबिन हुनुपर्छ। अहिले सरकारले अनुसन्धान गर्दैछ, र न्यायालयले प्रमाण र तथ्यको आधारमा निर्णय लिने विश्वास राष्ट्रिय मुक्ति पार्टी नेपालले लिएको छ। यी सबै प्रक्रियालाई नेपाली जनतासँगै राष्ट्रिय मुक्ति पार्टीले पनि सुक्ष्म रूपमा नियालिरहेको छ, किनभने कानूनको दुरुपयोग राज्यका उच्च तहका व्यक्तिहरूले गर्दै आएको जनताको अनुभूति छ।”

महतोले आफ्नो वा आफ्नो पार्टीको विरोध गर्नेलाई तह लगाउन, आफन्तलाई संरक्षण गर्न, र अपराधीलाई बचाउन कानूनलाई हतियारको रूपमा प्रयोग गरिएको आरोप पनि लगाएका छन्।

विज्ञप्तिमा भनिएको छ, “ठूला सहकारी संस्थाहरूले सर्वसाधारण बचतकर्ताको खरबौं रुपैयाँ अपचलन गरेको प्रमाण भेटिएको छ। सहकारीको रकम दुरुपयोग गर्ने दोषीहरूलाई कारबाही गरी बचतकर्ताको रकम फिर्ता गर्न सरकारले प्राथमिकता दिन्छ कि दिंदैन? सत्तारुढ दलका आवरणमा भइरहेको सहकारी ठगीमा पनि राज्यले कारबाही गर्छ कि गर्दैन? प्रधानमन्त्री र सत्तारुढ दलले अनुचित रूपमा पाएको भनिएको १० रोपनी १४ आना जग्गा सम्बन्धी निर्णय अदालतले रोकेको छ।”

महतोले थप प्रश्न गर्दै भनेका छन्, “गिरीबन्धु, वाइडबडी, ललिता निवास, क्यान्टोनमेन्ट, यती, सुनकाण्ड, भुटानी शरणार्थी काण्ड, प्रिन्टिङ प्रेस खरीद प्रकरण, ओम्नीजस्ता भ्रष्टाचारका मुद्दा कहाँ पुगे? यसको जवाफ सरकारले कहिले दिने हो?”

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स