मैलुङ खोला जलविद्युतको सेयर कारोबार रोक्का भएको छ । नेप्सेले लाभांश घोषणा सम्बन्धी निर्णय कारोबार समयमा पठाएको भन्दै सेयर कारोबार रोक्का गरेको हो ।
कम्पनीले चैत ७ बुधबार लाभांश बारे निर्णय गरेर आज कारोबार समयमा लाभांश बारेको जानकारी नेप्सेमा पठाएको थियो । धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) मा धितोपत्र मूल्यमा प्रभाव पार्ने सूचना, जानकारी तथा निर्णय सिर्जना भएमा सोही दिन वा भोलिपल्ट कारोबार खुल्नु अघि सम्बन्धित सूचीकृत संगठित संस्थाले नेप्सेमा पेश गर्नुपर्ने व्यवस्था छ। कम्पनीले सो व्यवस्था पालना नगरेका कारण सेयर कारोबार रोक्का गरेको नेप्सेले पत्रमा उल्लेख गरेको छ।
नेप्सेले ३ कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ ।



















![९ कम्पनीहरुको लकइन खुल्दै ! बजारमा के प्रभाव पर्ला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/t7hhw_4bPL0-maxresdefault-150x150.jpg)
प्रतिकृया