मेयर बालेनको कार्यशैलीमा असन्तुष्ट उपमेयर डंगोल, कार्यपालिका बैठकमा उठाइन् प्रश्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १८ गते
मेयर बालेनको कार्यशैलीमा असन्तुष्ट उपमेयर डंगोल, कार्यपालिका बैठकमा उठाइन् प्रश्न

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कार्यशैलीप्रति उपमेयर सुनिता डंगोल असन्तुष्ट भएकी छन्। मंगलबार बसेको  कार्यपालिका बैठकमा उनले मेयर शाहको निर्णय प्रक्रियामाथि प्रश्न उठाएकी हुन्।

महानगरले हालै सर्वोच्च अदालतको आदेशपछि काठमाडौंका नदी किनारका दुवै पक्षमा थप २० मिटरको मापदण्ड कायम गर्न सूचना जारी गरेको थियो। उपमेयर डंगोलले यस विषयमा आपत्ति जनाउँदै,  यस्तो गम्भीर विषय कार्यपालिका बोर्डमा छलफल नगरी मेयरस्तरीय निर्णय मात्र गरिएकोमा असन्तुष्टि व्यक्त गरिन्।

बैठकमा वडाध्यक्षहरूले पनि सूचना जारी गर्न हतार गरिएको भन्दै मेयर शाहप्रति असहमति जनाए। अदालतको फैसला कार्यान्वयन गर्नु सबैको दायित्व भए पनि त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुने डंगोलको भनाइ छ ।

उनले यस्तो गम्भीर विषय बोर्डमा नल्याइएको भन्दै असन्तुष्टि जनाइन् । ‘अर्को (पुनरावलोकनमा जाने) कानुन बाटो राखिएको छ । बरु पुनरावलोकनमा हामी जाने हो कि भनेर छलफल गर्नुपर्थ्यो होला,’ डंगोलले भनिन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स