मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल

बजारको चिरफार
बजारको चिरफार
२०८१ आश्विन ६ गते
मुलुकमा बेइमानहरु बढ्दै गएः सभापति पोखरेल

सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलले मुलुकमा बेइमानहरु बढ्दै गएको बताएका छन् ।

शनिवार नेपाल निर्माण व्यवसायी महासंघले आयोजना गरेको बेरुजु फछ्र्यौट सम्बन्धि कार्यशाला गोष्ठिमा बोल्दै सभापति पोखरेलले यस्तो बताएका छन्  । उनले सबै प्रमाण र तथ्य  हुँदा समेत कारबाही गर्न बहुमतको कारण नसक्ने अवस्था रहेको बताए।

उनले अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको उल्लेख गर्दै प्रमाण,कागज र कानून स्पष्ट हुँदा पनि केही गर्न नसक्ने अवस्था आएको बताए । उनले टेलिभिजनमा क्रान्तिकारी कुरा गर्ने र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्ने चेतावनी दिने गरेको बताए । उनले बेरुजु राख्ने सरकारी निकायका जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्ने बताए ।

उनले कुनै एक जना मन्त्रालय मातहतको विभागको महानिर्देशकले टेण्डर,ठेक्का लगाउँछ, सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङकन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफै गर्ने र बेरुजु निर्माण व्यवसायीको बनाउने काम गलत भएको बताए । उनले सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको ठाउँकोमा राख्ने कामले देश सुधार गर्ने नसकिने बताए । उनले जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्ने बताए ।

उनले भने,‘बेरुजु राख्ने जिम्मेवार अधिकारीको घर खेतबाट बेरुजु असुल उपर गर्नुपर्छ । मेरो बुझाई फरक छ । यो ठाउँमा पुग्नुपर्छ भन्ने हो । कुनै एक जना मन्त्रालयको महानिर्देशकले टेण्डर गर्छ । ठेक्का लगाउँछ । तर सूचना निकाल्ने,टेण्डर स्वीकृत गर्ने,मूल्याङ्कन गर्ने, कामको रेखदेख गर्ने,मूल्याङ्कन गरेर प्रतिवेदन बनाउने, स्वीकृत गर्ने,चेक काट्ने आफैँ अनि बेरुजु निर्माण व्यवसायीको कसरी हुन्छ । यो बेइमानी हो । सबै काम संस्थाको अधिकारप्राप्त व्यक्तिले गर्ने अनि बेरुजु आएपछि निर्माण व्यवसायीको कसरी हुन्छ । देश सुधार गर्ने हो भने जसका नाममा चेक काटेको छ त्यसको नाममा बेरुजु हुनुपर्छ । यो हिसावबाट मुलुक नबदल्ने हो भने परम्परागत रुपमा बस्ने हो भने केही पनि गर्न सकिँदैन । अहिले मुलुकमा बेइमानहरुको बहुमत भएको छ । प्रमाण छ,कागज छन्,कानून छ । स्पष्ट छ । टेलिभिजनमा क्रान्तिकारी कुरा गर्छ र भित्र गएर निर्णय गरिस् भने तेरो व्यवस्था गर्छु भन्छ । श्रम परीक्षण गर्न बेरुजुको समितिले निर्णय गर्न पर्दैन ।’

_न्युज एजेन्सी नेपाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स