insta insta

भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्ला कि नखुल्ला ?

भोलि सार्वजनिक बिदा, सेयर बजार खुल्ला कि नखुल्ला ?
Advertisement Ads

बागमती प्रदेश सरकारले भोली वैशाख २४ गते प्रदेशभर सार्वजनिक बिदा दिएको छ । बागमती प्रदेश सरकारले वैशाख २० गते प्रदेश राजपत्रमा सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

बागमती प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बागमती प्रदेश सरकार, मन्त्रिपरिषद्को वैशाख १२ गतेको बैठकको निर्णय अनुसार बिदा दिने भएको हो । बैठकले नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनको अवसरमा प्रदेशका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

बागमती प्रदेश सरकारले बिदा दिए तापनि नेप्से भने खुला रहने नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले बताए । संघीय सरकारले घोषण गरेका बिदाहरुमा मात्रै नेप्से बन्द रहने भएकाले भोलि सेयर कारोबार खुल्ला रहने जानकारी उनले दिएका छन् ।438299001 10228455690130397 4054992030892546352 n 2 https://bajarkochirfar.com/%e0%a4%ad%e0%a5%8b%e0%a4%b2%e0%a4%bf-%e0%a4%b8%e0%a4%be%e0%a4%b0%e0%a5%8d%e0%a4%b5%e0%a4%9c%e0%a4%a8%e0%a4%bf%e0%a4%95-%e0%a4%ac%e0%a4%bf%e0%a4%a6%e0%a4%be-%e0%a4%b8%e0%a5%87%e0%a4%af%e0%a4%b0 | %tags

#bajarkochirfar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स