चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बुटवल पावर कम्पनीको नाफा १२.०७ प्रतिशतले घटेर ६ करोड ६० लाख ६८ हजार रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ७ करोड ५१ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
यस अवधिमा हाईड्रोपावरको विद्युत् बिक्री आम्दानी ०.७२ प्रतिशतले घटेर २० करोड ९० लाख २८ हजार रुपैयाँमा सीमित इसभएको छ। गत वर्ष सोही अवधिमा कम्पनीले २१ करोड ५ लाख ३९ हजार रुपैयाँ विद्युत् बिक्री बाट आम्दानी गरेको थियो।
कम्पनीको चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख ६५ हजार रुपैयाँ रहेको छ भने यसको जगेडा कोषमा ३ अर्ब ६९ करोड ८७ लाख रुपैयाँ सञ्चित छ। कम्पनीको प्रतिसेयर आम्दानी १ रुपैयाँ ९४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०८ रुपैयाँ ५० पैसा रहेको छ।

















![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)
प्रतिकृया