बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्योः प्रधानमन्त्री

बजारको चिरफार
बजारको चिरफार
२०८१ असार २८ गते
बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा प्रतिपक्ष सत्ता फेर्ने खेलमा लाग्योः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढीपहिरोले ठूलो धनजनको क्षति भइरहेको बेलामा एमाले काँग्रेस सरकार परिवर्तनको खेलमा लागेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री दाहालले प्रतिपक्षले राजीनामा मागेपनि आफूले विपद् न्यूनीकरणको लागि पहल गरिरहेको बताए ।

उनले भने, ‘हामीले विपद्को पूर्वतयारीको हुनसक्ने पलह गरिएको थियो । यत्रो बाढीपहिरोले धनजनको ठूलो क्षति भइरहेको बेलामा हामी सरकार परिवर्तन प्रक्रियाभित्र प्रवेश गर्‍यौं । प्रतिपक्षका साथीहरूले साथीहरूले राजीनामाको कुरा उठाइराख्नुभयो । यस्तो बेलामा पनि सेना, प्रहरी, गृहप्रशासन सबैलाई राखेर क्षतिको रोकथाम गर्नेबारे पहल गरेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स