आउने शुक्रबार नयाँ नेपाली फिल्म ‘ह्रस्व दीर्घ’ प्रदर्शन हुँदैछ। नेपाली र भारतीय कलाकारहरूको अभिनय रहेको यस फिल्मका लागि मल्टिप्लेक्स हलहरूले अग्रिम टिकट बिक्री खुला गरेका छन्।
देशकै ठूलो मल्टिप्लेक्स चेन क्युएफएक्सले मंगलबार बेलुका ‘ह्रस्व दीर्घ’का शोहरू बाँडफाँट गर्दै अग्रिम बुकिङ खुलाएको हो। क्युएफएक्सले काठमाडौंका आउटलेटहरूमा २१ र बाहिरका आउटलेटहरूमा २४ शो छुट्याएको छ। अन्य मल्टिप्लेक्स जस्तै आईएनआई सिनेमाज, बिग मुभिज, र वान सिनेमाजमा पनि छिट्टै बुकिङ खुल्ने तयारी छ।
चन्द्र पन्तको निर्देशनमा बनेको ‘ह्रस्व दीर्घ’ अभिनेत्री नीता ढुंगाना र ज्योतिषी तथा अभिनेता हरिहर अधिकारीले निर्माण गरेका हुन्। फिल्ममा उनीहरूसँगै प्रदीप रावत, ब्रह्मानन्दम, विपना थापा, सुनील वर्मा, कबीर दुहान, रेखा थापा, सरोज खनाल, सञ्चिता लुईँटेल, किरण केसी, रवीन्द्र झा, गरिमा शर्मा, बुद्धि तामाङ, निर्मल शर्मा, प्रशान्त ताम्राकार लगायतका कलाकारले अभिनय गरेका छन्।
नीता फिल्म्सको ब्यानरमा निर्मित यस फिल्मको कथा र पटकथा हरिहर अधिकारीले लेखेका हुन् भने संवाद प्रतीक पौडेलले लेखेका छन्। भारतीय छायांकार कवीरलालले फिल्मको छायांकन गरेका छन्। यो फिल्म लगभग ६ करोड रुपैयाँको बजेटमा बनेको हो।









![बजेटले नन लाइफ इन्स्योरेन्स सेक्टरको बिजनेस व्ह्वात्तै बढ्दैछ ? सेयर प्राइस के होला ? [भिडियोसहित]](https://i0.wp.com/bajarkochirfar.com/wp-content/uploads/2026/06/pYnn5kzYQlY-SD.jpg?resize=150%2C150&ssl=1)




प्रतिकृया