प्रधानमन्त्री केपी शर्मा ओलीले प्रहरीको काममा सरकार कुनै हस्तक्षेप नगर्ने स्पष्ट पारेका छन्। काठमाडौंको जिल्ला प्रहरी परिसरको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले वर्तमान सरकारले अपराधीलाई संरक्षण गर्ने आदेश नदिने र निर्दोषलाई फसाउने काम नगर्ने बताए।
ओलीले प्रहरीलाई काम गर्न पूर्ण स्वतन्त्रता भए पनि नाकाम गर्ने छुट नरहेको र यसलाई मूल्यांकन गरिने चेतावनी दिए।
उनले पुरानो शैलीले अपराध नियन्त्रण गर्न नसक्ने बताउँदै, अपराध हुनै नदिनु पहिलो प्राथमिकता हुनुपर्नेमा जोड दिए। घुमुवा प्रहरीको पुरानो शैलीबाट उपलब्धि हासिल नहुने भन्दै, स्रोत र साधनले सम्पन्न अनुसन्धान प्रणालीलाई नयाँ तरिकाले विकास गर्नुपर्ने आवश्यकता औंल्याए।
अपराध रोकथामका लागि पूर्व जानकारी र नियन्त्रणलाई महत्त्वपूर्ण ठहर गर्दै, प्रहरीले अपराधको सुरुवातमै थाहा पाई नियन्त्रण गर्नसक्ने विश्वास जनमानसमा पैदा होस् भन्ने चाहना व्यक्त गरे।
















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

![सेयर बजारका लागि कस्तो आयो मौद्रिक नीति ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-1-150x150.jpg)

प्रतिकृया