नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनका लागि जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन्। सिराहामा आयोजित कार्यकर्ता भेटघाटमा उनले जनसंघर्षबाट जारी भएको संविधानको रक्षा गर्न जनताको निरन्तर भूमिका अपरिहार्य भएको उल्लेख गरे।
प्रचण्डले मधेशका जनतालाई विश्वासमा लिएर संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान गरेको बताउँदै, उत्पीडित समुदायको अधिकार सुनिश्चित गर्न संविधानले ठूलो प्रयास गरेको बताए। संविधानले स्थापित गरेका अधिकार कुण्ठित गर्न खोजिएको भन्दै उनले खबरदारी गर्न आग्रह गरे।
गोलबजारमा स्थानीयवासीसँगको अन्तरक्रियामा उनले विकास र सुशासनका विषयमा गम्भीर ध्यान दिइने बताए।




















प्रतिकृया