प्रचण्डले भने, “म प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
प्रचण्डले भने, “म प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ”

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन आवश्यक भएको बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको अन्तर्क्रियामा दाहालले यसमा जोड दिँदै चीनसँगका सम्झौताहरूलाई अघि बढाउनुपर्ने बताएका हुन्।

यसैगरी, एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेपालका प्रधानमन्त्रीलाई कुनै विशेष देशबाट भ्रमण सुरु गर्नुपर्ने परंपरागत सोचलाई हटाउनुपर्ने बताएका छन्। उनले कुनै पनि देशको प्रधानमन्त्रीले देशको हितका लागि जुनसुकै देशबाट भ्रमण सुरु गर्न सक्ने धारणा राखे। उनले बीआरआइ परियोजनालाई नेपालका लागि फाइदाजनक मान्दै यसलाई अघि बढाउन सुझाव दिएका छन्।

पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको हित र स्वार्थलाई प्राथमिकता दिने कुरा गर्दै, बीआरआइजस्ता परियोजनाहरू मुलुकको हितमा आधारित भएर अघि बढाउनुपर्ने सुझाव दिएका छन्।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीन भ्रमणका विषयमा सत्तारूढ दुई दल बीच गृहकार्य भइरहेको जानकारी दिँदै, प्रधानमन्त्री तहबाट सबै एजेण्डा चाँडै अन्तिम रूप दिइने बताइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स