प्रचण्डले भने, “पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल गलत हो”

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३२ गते
प्रचण्डले भने, “पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल गलत हो”

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी फुट्छ भन्ने हल्ला बिल्कुल निराधार भएको टिप्पणी गरेका छन् ।

पार्टी मुख्यालय पेरिसडाँडाबाट बाहिरिने क्रममा संचारकर्मीहरुसँगको संक्षिप्त कुराकानीमा प्रचण्डले यस्तो बताएका हुन् ।

प्रचण्डले भने- ‘माओवादी पार्टी फुट्छ भनेर गरिएको हल्ला विल्कुल निराधार हो । पार्टी फुट्छ भन्ने होहल्ला- प्रचार धेरै भयो, कतिपय प्रसंगमा आशंका र भ्रम पनि भए । तर यो बैठकसम्म आउदा ति आशंका र भ्रम चिरिएका छन् । खासगरी प्रभाकरले पार्टी फुटाउँछ भनेजस्तो माहोल बनेको छ, त्यो बिल्कुल गलत हो । हाम्रो पार्टी एकताबद्ध भएको छ र कमरेड प्रभाकरमाथि जे आशंका गरिएको छ त्यो गलत हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स