प्रचण्डले आफ्ना नेता-कार्यकर्तालाई भने, “हामी बदलिन चाहन्छौं अवसर दिनुहोस् भन्दै जनतासँग भोट माग्नु”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २८ गते
प्रचण्डले आफ्ना नेता-कार्यकर्तालाई भने, “हामी बदलिन चाहन्छौं अवसर दिनुहोस् भन्दै जनतासँग भोट माग्नु”

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका नेता-कार्यकर्तालाई आत्मसमीक्षासहित मंसिर १६ को उपनिर्वाचनमा सक्रिय हुन निर्देशन दिएका छन्।

उनले भने, ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं,’ अध्यक्ष प्रचण्डले भने,‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस्। टोल–टोल र घर-घरमा पुग्नुहोस्।’

कीर्तिपुर नगरपालिकामा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा प्रचण्डले जनताका बीचमा पार्टीले गरेका र गर्न नसकेका कामको स्पष्टता लिएर जान आह्वान गरे।

उनले कीर्तिपुरलाई सांस्कृतिक नगर बनाउने प्रतिबद्धता जनाउँदै प्रा. डा. शिवशरण महर्जनको जित सुनिश्चित भएको दाबी गरे। यसपटक माओवादी केन्द्रले कीर्तिपुरको प्रमुख पदका लागि महर्जन र वडाध्यक्षका लागि अष्टमान महर्जन र नारायण विष्टलाई अघि सारेको छ। पार्टीका बागमती प्रदेश अध्यक्ष सरल सहयात्रीका अनुसार यी उम्मेदवारहरू सर्वसम्मत सिफारिसबाट चयन भएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स