प्रचण्डको नेतृत्वमा आज माओवादीले खबरदारी सभा गर्दै

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १० गते
प्रचण्डको नेतृत्वमा आज माओवादीले खबरदारी सभा गर्दै

नेकपा माओवादी केन्द्रले आज काठमाडौँको भृकुटीमण्डपमा सरकारका कदमको विरोधमा खबरदारी सभा गर्दैछ।

विपत् व्यवस्थापनमा सरकारको असंवेदनशीलता, सुशासन र सामाजिक न्यायका मुद्दामा लापरबाही, सार्वजनिक संस्थामा राजनीतिक हस्तक्षेप, महँगी र कालाबजारी नियन्त्रणमा सरकारको उदासीनता लगायतका विषयमा विरोध गर्न सभा गर्न लागेको माओवादीले जनाएको छ।

सभाअघि काठमाडौं मलबाट अध्यक्ष प्रचण्डको नेतृत्वमा जुलुस निकालिनेछ।

सभाले सहकारी पीडित, मिटरब्याज र लघुवित्त पीडितको समस्या समाधानमा आवाज उठाउनेछ। माओवादीले सरकारको प्रतिगामी गतिविधिविरुद्ध शान्तिपूर्ण रचनात्मक विरोध गर्ने बताएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स