काठमाडौं महानगरपालिकाले नेकपा एमालेले गत शुक्रबार दरबारमार्गमा आयोजना गरेको जागरण सभाका क्रममा सडक र पेटी फोहोर गरेको आरोपमा १ लाख जरिवाना तोकेको छ।
आइतबार महानगरको टोली च्यासलस्थित एमाले कार्यालय पुगेर जरिवाना पत्र बुझाउन खोजे पनि पार्टीले आयोजक आफू नभएको भन्दै पत्र लिन अस्वीकार गर्यो। एमाले केन्द्रीय सचिव भीष्म अधिकारीले सभा गरिएको स्थान सफा गरिसकिएको दाबी गर्दै महानगरले स्टन्टबाजी गरेको टिप्पणी गरेका छन्।
पत्र नबुझाएपछि महानगरले जरिवाना इमेल र हुलाकमार्फत पठाएको छ। जरिवाना फोहोरमैला व्यवस्थापन ऐन, २०६८ र आर्थिक ऐन, २०८१ को आधारमा तोकिएको हो।







![भोटेकोशी बाढीबारे संसद्मा प्रधानमन्त्री बालेनको सम्बोधन, के–के भने? [पूर्णपाठसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/Stay-Updated-With-1-768x403.png)











प्रतिकृया