नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३२ गते
नेशनल लाईफको ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स ‘शेपिङ द फ्यूचर’ सम्पन्न
AdvertisementAds

नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले ‘शेपिङ द फ्यूचर’ भन्ने नाराका साथ ४ दिने ब्रान्च मेनेजर्स एनुअल कन्फरेन्स चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ ।

सो सम्मेलन कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको सभापतित्वमा आयोजना गरिएको थियो । अध्यक्ष सिंहले आव २०८०/८१ मा कम्पनीले प्रथम बीमाशुल्क सहित समग्र सूचांकमा कम्पनीका बीमित, अभिकर्ता, व्यवस्थापन र कर्मचारीहरुको अथक मेहनत, परिश्रम र लगनशिलताको कारणले उत्कृष्टता हासिल गरेको बताइन् । यसका लागि उनले सबैलाई बधाई ज्ञापन गरिन् ।

साथै, उनले आव २०८०/८१ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पुरा गर्ने शाखाहरु लगायत सवैभन्दा बढि प्रिमियम संकलन गर्ने शाखाहरु र उत्कृष्ट ठहरिएका ५ शाखाहरुलाई सम्मान तथा पुरस्कृत गरेकी थिइन् ।

जीवन बीमा व्यवसायसँग सम्वन्धित विभिन्न पाटोहरु र जीवन बीमा कम्पनीका चुनौतीहरुको विवेचनागरी आर्थिक बर्ष २०८१/८२ को लागि लक्ष्य निर्धारण गर्ने उदेश्यले आयोजना गरिएको सम्मेलनमा विभागिय प्रमुख तथा देशै भरीबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी २०० जना भन्दा बढिको सहभागिता रहेको थियो ।

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्व र चुनौतीलाई आत्मसाथ गर्दै आपसी समन्वय गरी अगाडी बढेको कारणले नै कम्पनीको उच्च बोनस दरलाई यथावत राख्न सकिएको र प्रथम बीमाशुल्क ५०० करोड भन्दा बढि संकलन गर्न सफल भएको तथा अन्य सबै सुचांकहरुमा पनि सकरात्मक वृद्धि गर्न संभव हुनुमा आ–आफ्नो क्षेत्रबाट योगदान दिनुहुने सम्पुर्ण बीमित, अभिकर्ता र कर्मचारीहरु, बधाईको पात्र रहेको बताए । साथै उनले आगामी आर्थिक बर्षमा पनि यो सफलतालाई निरन्तरता दिनुपर्ने चुनौति थपिएकोले उक्त चुनौती पुरा गर्न यस सम्मेलन लाभदायक रहने विश्वास व्यक्त गरे ।

AdvertisementAds

यसैगरी, नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका सहायक निर्देशक सविता थापाले सम्पत्ति शुद्धिकरण सम्बन्धमा प्रशिक्षण दिदै बीमालाई माध्यम बनाएर विभिन्न बहानामा सम्पत्ती शुद्धिकरण गर्न सक्ने भएकोले सो तर्फ सचेत रहन आग्रह गरिन् ।

उपस्थित कर्मचारीहरुलाई यथेष्ट मनोरञ्जन प्रदान गरिएको सो सम्मेलनमा प्रदेश स्तरिय फुटबल प्रतियोगिता लगायत सांगितिक तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स