नेशनल लाईफको गला कन्सर्ट भव्य रुपमा सम्पन्न

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण १५ गते
नेशनल लाईफको गला कन्सर्ट भव्य रुपमा सम्पन्न

नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा चर्चित कलाकारसहित आयोजना गरेको ‘नेशनल लाइफ गला कन्सर्ट’ भव्य रुपमा सम्पन्न भएको छ ।

नेशनल लाइफ गला कन्सर्ट यही साउन १३ गते अर्थात आइतबार काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको छ । कन्सर्टमा देशभरीका अभिकर्ताहरु तथा कम्पनीका कर्मचारीसहित २७५ जनाको उपस्थिती रहेको कम्पनीले जानकारी दिएको छ ।

नेशनल लाइफ गला कन्सर्टमा नेपालका चर्चित कलाकार प्रमोद खरेल, कमेडियन सन्दिप क्षेत्री, हेमन्त शर्मा, मेलिना राई र डिजे नानीको बेजोड प्रस्तुती रहेको थियो । उक्त प्रस्तुतीमा अभिकर्ता र कर्मचारीहरु हर्स उल्लासका साथ रमाएका थिए ।

कन्सर्टमा सहभागि अभिकर्ताहरुलाई एकदिनको लागि खान, बस्नसहित चर्चित राष्ट्रिय कलाकारहरुसँग मनोरन्जनको व्यवस्था गरेको कम्पनीले जानकारी दिएको छ । कार्यक्रममा कम्पनीका डिसीईओ, कर्मचारी र अभिकर्ताहरुको व्यापक सहभागिता रहेको थियो ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स