नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा

बजारको चिरफार
बजारको चिरफार
२०८१ जेष्ठ ३० गते
नेपाल लाइफ इन्स्योरेन्सले लाभांश प्रस्ताव सहित डाक्यो साधारण सभा

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुई आर्थिक वर्षको वार्षिक साधारणसभा असार १८ गते गर्ने भएको छ । कम्पनीको जेठ २८ गते बसेको संचालक समितिको बैठकले सभा वीरगञ्जस्थित होटल भिष्वामा बिहानको ९ बजेदेखि बस्ने निर्णय गरेको हो ।

सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश दिने प्रस्ताव  सभाले पारित गर्नेछ । साथै, सञ्चालक समितिमा संस्थापक समूहका सेयरधनीहरुको तर्फबाट ३ जना, सर्वसाधारण समूहकातर्फबाट ३ जना र १ जना स्वतन्त्र सञ्चालक हुनेगरी प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पारित हुने छ ।

यस्तै,  सभामा अन्य आवश्यक संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका विशेष प्रस्ताव र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित हुनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असार ४ गते  बुकक्लोज गर्ने भएको छ । जस अनुसार असार ३ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनी सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

#BajarkoChirfar #Bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स