नेपाल लाइफ इन्सुरेन्सको बढ्यो नाफा, अन्य सूचकमा पनि देखियो सुधार

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण २९ गते
नेपाल लाइफ इन्सुरेन्सको बढ्यो नाफा, अन्य सूचकमा पनि देखियो सुधार

नेपाल लाइफ इन्सुरेन्सले गत आर्थिक वर्ष २०८०/२०८१ को चौथो त्रैमासिक सम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छ। गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा नेपाल लाइफ इन्स्योरेन्सको ५१ करोड ३९ लाख ८२ हजार रूपैयाँ नाफा कमाएको छ।
यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकको परिदृश्य:

खुद नाफा: कम्पनीले अघिल्लो वर्षको आषाढ मसान्त सम्म ३९ करोड खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्ष ३०.८१ प्रतिशतले बढेर ५१ करोड पुगेको छ। इन्स्योरेन्सको लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा खुद नाफामा सुधार आएको हो।

खुद बीमा शुल्क: कम्पनीले गत आर्थिक वर्षको अषाढ मसान्त सम्ममा ४० अर्ब ११ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.८६ प्रतिशतले बढी हो।

कुल आम्दानी: अघिल्लो वर्षको आषाढ मसान्तसम्म कम्पनीको कुल आम्दानी ५२ अर्ब थियो जुन गत वर्ष १२.६५ प्रतिशतले बढेर ५९ अर्ब पुगेको छ। आम्दानी बढेसँगै इन्स्योरेन्सले गत आर्थिक वर्षको अन्त्यसम्म राम्रै नाफा कमाएको छ।

रिटेन्ड अर्निङ: इन्स्योरेन्सको रिटेन्ड अर्निङ अघिल्लो वर्षको तुलनामा ६९.८८ प्रतिशतले घटेको छ। गत आर्थिक वर्षको अन्त्यसम्म आइपुग्दा कम्पनीको रिटेन्ड अर्निङमा ५२ करोड ८४ लाख रुपैयाँ रहेको छ।

प्रति सेयर आम्दानी: कम्पनीको प्रति सेयर आम्दानी पनि अघिल्लो वर्षको तुलनामा बढेको छ। गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनिको प्रतिसेयर आम्दानी ६.२६ रहेको छ। त्यस्तै, प्रतिसेयर नेट वर्थ १२९.११ रहेको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स