SHAREHUB SHAREHUB

नेपाल आयल निगमले घटायो पेट्रोल, डिजेलको मूल्य, हवाई इन्धनमा भारी गिरावट

Advertisement Ads
नेपाल आयल निगमले घटायो पेट्रोल, डिजेलको मूल्य, हवाई इन्धनमा भारी गिरावट
Advertisement Ads

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेल तथा हवाई इन्धनको मूल्य घटाइएको हो ।

सोमबार राति १२ बजेबाट लागु हुने गरी निगमले पेट्रोलमा एक, डिजेल र मट्टीतेलमा २-२, हवाई इन्धनमा आन्तरिकमा ६ तथा बाह्यमा प्रतिहजार लिटरमा ४५, मट्टीतेलमा दुई रुपैयाँ मूल्य घटाइएको निगमले जनाएको छ ।

नयाँ मुल्य अनुसार काठमाडौँमा पेट्रोलको मुल्य १५८, डिजेल तथा मट्टीतेलको मुल्य १४७ प्रति लिटर भएको निगमले जनाएको छ ।

एलपी ग्याँसको मूल्य भारतबाट नेपाली ४१ रुपैयाँ बढेर आएपनि चाडपर्वलाई लक्षित गरी यथावत राखिएको निगमले जनाएको छ । एलपी ग्याँसमा हाल प्रति सिलिण्डर २६९ रुपैयाँ ८० पैसा घाटा रहेको निगमले जनाएको छ ।

 

Advertisement Ads

newskarkahna news761920 https://bajarkochirfar.com/%e0%a4%a8%e0%a5%87%e0%a4%aa%e0%a4%be%e0%a4%b2-%e0%a4%86%e0%a4%af%e0%a4%b2-%e0%a4%a8%e0%a4%bf%e0%a4%97%e0%a4%ae%e0%a4%b2%e0%a5%87-%e0%a4%98%e0%a4%9f%e0%a4%be%e0%a4%af%e0%a5%8b-%e0%a4%aa%e0%a5%87-2 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स