नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने घोषणा गरेको छ। यस प्रतिष्ठित अवार्ड कार्यक्रमले नेपालको आइसिटी क्षेत्रमा नवाचार, उद्यमशीलता, र प्राविधिक प्रगतिलाई प्रवर्धन गर्दै उत्कृष्ट आवेदकहरुलाई सम्मान र प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।
नास आईटी अवार्ड २०२४ मा यी १० वटा विधाहरु समावेश छन्ः
बैंकिङ, बीमा र वित्त
– मार्केटप्लेसहरू
– शिक्षा
– यातायात र रसद
फिनटेक आइसिटी सेवा समाधानहरू
– सुरक्षा समाधानहरू
– व्यावसायिक सेवा समाधानहरू
– सरकार, नागरिक सेवा र डिजिटल सरकार
– ब्याचलर / स्नातक तह विद्यार्थीको परियोजना
नास आईटी अवार्ड २०२४ का विजेताहरूलाई डिसेम्बर २०२४ मा ब्रुनेईमा आयोजना हुने प्रतिष्ठित एसिया प्यासिफिक आइसिटी अलायन्स (एपिक्टा) अवार्डमा नेपाललाई प्रतिनिधित्व गर्ने अवसर प्राप्त हुनेछ। एपिक्टा अवार्डले अस्ट्रेलिया, बंगलादेश, ब्रुनेई, चीन, चिनियाँ ताइपेड़, हङकङ, इन्डोनेसिया, जापान, मकाओ, मलेसिया, म्यानमार, नेपाल, पाकिस्तान, सिंगापुर, श्रीलंका, थाईल्यान्ड र भियतनाम सहित १७ एशिया प्यासिफिक अर्थतन्त्रहरूका आइसिटी उत्पादनहरूलाई अन्तर्राष्ट्रिय प्लेटफर्म प्रदान गर्दछ।
नास आईटी अवार्ड २०२४ का लागि आवेदनहरू अहिले खुला छन् र आवेदनको अन्तिम मिति भाद्र ५, २०८१ रहेको छ ।
नास आईटी अवार्ड २०२४ का लागि अनलाइन फाराम भर्न र थप जानकारीको लागि कृपया https://awards.nasit.org.np/ मा जानुहोस् ।
















प्रतिकृया