नारायणकाजी श्रेष्ठ भन्छन्, “विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बन्ने हो भने माओवादीको औचित्य सकिन्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक २३ गते
नारायणकाजी श्रेष्ठ भन्छन्, “विचार र सिद्धान्त छाडेर अरु पार्टी जस्तै बन्ने हो भने माओवादीको औचित्य सकिन्छ”

नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले विचार र सिद्धान्तको उपेक्षा गर्दै अन्य पार्टीजस्तै बन्ने हो भने माओवादीको औचित्य नै हराउने चेतावनी दिएका छन्। चितवनमा कार्यकर्ताको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अहिलेको राष्ट्रिय चुनौतीलाई पूरा गर्न माओवादीले मात्र सक्षम हुने भन्दै पार्टीलाई रुपान्तरण गर्न आवश्यक रहेको बताए।

उनका अनुसार, पार्टीमा वैचारिक कार्यदिशा र सिद्धान्तलाई कम महत्व दिन थालिएको छ। उनले पार्टीमा पद र सम्पत्तिमात्रै खोज्ने प्रवृत्तिले विचारको महत्व घटिरहेको र यसले माओवादीलाई क्रान्तिकारी मार्गबाट विचलित पार्ने खतरा औंल्याए। यदि माओवादी अरु पार्टीजस्तै हुने हो भने यसको औचित्य सिद्ध हुने श्रेष्ठको भनाइ थियो।

उनले माओवादी नेतृत्वको सरकारले मिटरब्याजी पीडितको समस्या समाधानमा महत्वपूर्ण कदम चालेको र सुशासनका क्षेत्रमा उल्लेखनीय योगदान गरेको दाबी गरे। साथै, उनले सरकारमा हुँदा जनताको अपेक्षाअनुसार काम गर्न नसकेको विषयमा आत्मसमीक्षा आवश्यक रहेको पनि बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स