नाफासँगै प्रतिसेयर आम्दानी पनि बढाउन सफल सिद्धार्थ प्रिमियर इन्सुरेन्स

बजारको चिरफार
बजारको चिरफार
२०८१ श्रावण ३० गते
नाफासँगै प्रतिसेयर आम्दानी पनि बढाउन सफल सिद्धार्थ प्रिमियर इन्सुरेन्स

सिद्धार्थ प्रिमियर इन्सुरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासिकसम्मको वित्तीय विवरण प्रकाशित गरेको छ। कम्पनीले अघिल्लो बर्षको यसै अवधिमा ३७ करोड नाफा कमाएको थियो जुन गत आर्थिक वर्ष ८२.५२ प्रतिशतले बढेर नाफा ६९ करोड २३ लाख पुगेको छ।

यस्तो छ कम्पनीको प्रमुख वित्तीय सूचकहरुको परिदृश्य:

खुद नाफा: कम्पनीले अघिल्लो वर्षको आषाढ मसान्तसम्म ३७ करोड ९३ लाख खुद नाफा कमाएको थियो जुन गत आर्थिक वर्ष ८२.५२ प्रतिशतले बढेर ६९ करोड २३ लाख रहेको छ। कम्पनिको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेसँगै खुद नाफा पनि बढेको हो।

खुद बीमा शुल्क: कम्पनीले गत आर्थिक वर्षको आषाढ मसान्त सम्ममा १ अर्ब ९८ करोड खुद बीमा शुल्क आर्जन गरेको थियो। जुन अघिल्लो वर्षको तुलनामा ७८.१२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले १ अर्ब ११ लाख मात्र खुद बीमा शुल्क आर्जन गरेको थियो।

कुल आम्दानी: अघिल्लो वर्षको आषाढ मसान्तसम्म कम्पनिको कुल आम्दानी २ अर्ब १ करोड थियो जुन गत आर्थिक वर्ष ५१.३४ प्रतिशतले बढेर ३ अर्ब को ५ करोड रहेको छ। कुल आम्दानी बढेसँगै कम्पनीले राम्रै नाफा कमाएको हो।

रिटेन्ड अर्निङ: कम्पनीको गत आर्थिक वर्षको रिटेन्ड अर्निङ पनि अघिल्लो वर्षको तुलनामा १४४.११ प्रतिशतले बढेको छ। अघिल्लो आर्थिक वर्ष रिटेन्ड अर्निङ४५ करोड ७७ लाख थियो जुन गत आर्थिक वर्षको चौथो त्रैमासिक सम्म आइपुग्दा १ अर्ब ११ करोड रहेको छ।

प्रति सेयर आम्दानी: कम्पनीको प्रति सेयर आम्दानी अघिल्लो वर्षको तुलनामा राम्रै बढेको छ। अघिल्लो वर्षको आषाढ मसान्तसम्म १३ रुपैयाँ ५२ पैसा रहेको प्रति सेयर आम्दानी गत वर्षको सोही अवधिमा भने २४ रुपैयाँ ६७ पैसा पुगेको छ। त्यस्तै, प्रतिसेयर नेट वर्थ २७३.५ रहेको छ

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स