instainsta

नयाँ मुना पलाएपछि सुरु भयो इलाममा चियाको पहिलो टिपाइ

बजारको चिरफार
बजारको चिरफार
२०८० चैत्र २१ गते
नयाँ मुना पलाएपछि सुरु भयो इलाममा चियाको पहिलो टिपाइ
AdvertisementAds

इलाममा चियाको पहिलो टिपाइ सुरु भएको छ । बगानमा नयाँ मुना पलाएपछि पहिलो टिपाइ सुरु गरिएको हो । यस वर्ष ढिलो पानी परेकाले पनि ढिलो गरी नै चिया पलाएको किसानको भनाइ छ । गएका वर्षमा चियाको पहिलो टिपाइ चैत पहिलो साता नै हुने गरेको भए पनि यस वर्ष चैत अन्तिममा मात्र चियाको टिपाइ सुरु भएको बताइएको छ । जिल्लाको तल्लो क्षेत्रमा चिया टिप्न सुरु गरिएको भए पनि माथिल्लो क्षेत्रमा अझै चिया पलाएको छैन । लेकाली क्षेत्रमा अझै मुना नपलाएको किसान ठाकुर खतिवडाले बताए ।

मध्यम र तातो बढेका क्षेत्रमा मुना पलाएकाले चिया टिप्न सुरु गरिएको हो । पहिलो उत्पादन गुणस्तरीय हुने भएकाले पनि यो चिया महङ्गो मूल्यमा बिक्ने गरेको छ । पहिलो टिपाइलाई ‘फस्ट फसल’ समेत भन्ने गरिन्छ । यसबाट गुणस्तरीय चिया निर्माण हुने भएकाले विदेशी नागरिकले समेत पहिलो टिपाइ नै खोज्ने गरेका छन् । चियाको टिपाइ सुरु भएपछि बगानका मजदुर व्यस्त भएका छन् । चिया कारखानाले पनि चिया प्रशोधनको तयारी थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स