धान्न नसक्ने भए अमेरिकी नागरिकले ऋण ;प्रति नागरिकको भागमा १ लाख डलर भन्दा माथि

बजारको चिरफार
बजारको चिरफार
२०८१ मंसिर १० गते
धान्न नसक्ने भए अमेरिकी नागरिकले ऋण ;प्रति नागरिकको भागमा १ लाख डलर भन्दा माथि

अमेरिकाको राष्ट्रिय ऋण हालसम्मकै उच्चस्तरमा पुगेको छ। अहिले अमेरिकाको कुल ऋण ३६ ट्रिलियन डलर पुगेको छ, जसले गर्दा विश्वकै सबैभन्दा ठूलो अर्थतन्त्र भएको देशको आर्थिक चुनौती झनै बढेको छ। यो वर्षमात्रै दुई ट्रिलियन डलरले ऋण बढेको छ।
अहिले अमेरिकाको कुल जनसंख्या करिब ३३२ मिलियन (३३ करोड २० लाख) रहेको छ। यसको आधारमा हरेक अमेरिकी नागरिकको भागमा १ लाख ८ हजार डलर ऋण परेको छ।
कोरोना महामारीपछि ऋण थप तीव्र गतिमा बढेको छ। सन् २००० मा ५.७ ट्रिलियन डलर रहेको ऋण २०१० मा १२.३ ट्रिलियन र २०२० मा २३.२ ट्रिलियन डलर पुगेको थियो। पछिल्लो २४ वर्षमा अमेरिकाको ऋण ६ गुणा बढी भएको हो।
अमेरिकी सरकारको बजेट कागजातअनुसार, सन् २०३४ सम्म यो ऋण ५४ ट्रिलियन डलर पुग्ने अनुमान गरिएको छ। हाल अमेरिकाले दैनिक १ अर्ब ८ करोड डलर ब्याज तिर्नुपर्छ। देशको ऋण अहिले जीडीपीको १२५ प्रतिशत पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स