ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले सर्वसाधारणको लागी आईपीओ जारी गर्ने भएको छ । जेठ २५ गते बसेको सञ्चालक समितिको बैठकले असार २२ गते प्रथम वार्षिक साधारण सभामार्फत उक्त निर्णय गरेको हो ।
साधारणसभा कम्पनीको रजिष्टर्ड कार्यालय बुटवल, रुपन्देहीमा असार २२ गते विहान ११ बजे सुरू हुनेछ । सभाले सर्वसाधारण सेयर (आईपीओ) निष्काशन गर्ने, यसका लागि सञ्चालक समितिलाई अख्तियारी दिने र सर्वसाधारण सेयरधनीलाई छुट्याइएको सेयरबाट कर्मचारीलाई ५ प्रतिशत सेयर छुट्याउने गरी प्रबन्धपत्र संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ ।
त्यस्तै, गत आर्थिक वर्ष (आव) को वार्षिक र लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक तोक्ने, समूह ‘क’बाट सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र विज्ञ सञ्चालकको नियुक्ति गर्ने र सञ्चालकको बैठक भत्ता तथा अन्य सुविधामा छलफल गरिने एजेण्डा रहेको छ ।
#bajarkochirfar



















प्रतिकृया