विश्वबजारमै लोकप्रिय ब्राण्ड कोकाकोला बि सं २०३० तिर नेपालमा भित्रियो। पछि २०३६ साल तिर काठमाडौंमा आफ्नो उत्पादन प्लान्टनै सुरुवात गरेको थियो। नेपालमा कोक उत्पादन गर्ने विशेष अधिकार बोटलर्स नेपालसँग मात्र छ। काठमाडौंमा आफ्नो प्लान्ट सुरु गरेको कोकले ८ वर्ष पछि २०४४ तिर भरतपुरमा बोटलर्स नेपाल (तराई) लिमिटेडको रूपमा दोश्रो प्लान्ट र सहायक कम्पनी स्थापना गर्यो।
सेयरबजारमा यी दुई कम्पनीहरुलाई हेर्दा पछिल्लो समय बोटलर्स नेपालका दुई कम्पनी नेपाल (बालाजु) लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेड मध्य लगानीकर्तालाई साहएक कम्पनी बोटलर्स नेपाल (तराई) ले लगानीकर्ताहरुलाई खुसी बनाइरहेको छ।
हामीले यो लेखमा बोटलर्स नेपाल लिमिटेडका दुई कम्पनीलाई विभिन्न वित्तीय सूचकका आधारमा तुलना गरेका छौ।
बोटलेर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) लिमिटले तेश्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दुवै कम्पनीको खुद नाफामा गिरावट आएको छ। खुद नाफामा आधारमा गत वर्षको तेस्रो त्रैमासिक अवधिसम्ममा बोटलर्स नेपाल (बालाजु) आगडि रहेपनि चालु आर्थिक बर्षको तेस्रो त्रैमासिक सम्ममा भने बोटलर्स नेपाल (तराई) आगडि आएको देखिन्छ।
यी दुई कम्पनी तुलनामा कुन आगडि:
लाभांस इतिहास:
दुवै कम्पनीको पछिल्लो वर्षहरूको लाभांस इतिहासको तुलनामा गर्दा बोटलर्स नेपाल (तराई) ले लगानीकर्ताहरुलाई राम्रो लाभांस दिएको देखिन्छ। पछिल्लो ४ वर्षको अवधिमा बोटलर्स नेपाल ( तराई ) ले समग्रमा १८५ प्रतिशत लाभांस वितरण गरेको छ भने बोटलर्स नेपाल ( बालाजु) ले मात्र २० प्रतिशत मात्र लाभांस वितरण गरेको छ । गत वर्ष बोटलर्स नेपाल ( तराई )ले सेयरधनीहरुको लागि ६० प्रतिशत लाभांस वितरण गरेको थियो भने बोटलर्स नेपाल (बालाजु) लिमिटेडले भने कुनै लाभांस वितरण गरेन।
चुक्तापुँजी:
दुई कम्पनि मध्ये चुक्तापुँजी आधारमा बोटलर्स नेपाल (बालाजु) आगाडी रहेको छ। बोटलर्स नेपाल (बालाजु)को चुक्तापुँजी १९ करोड ४८ लाख रहेको छ भने बोटलर्स नेपाल (तराई) को चुक्तापुँजी १२ करोड १० लाख रहेको छ।
संचालन नाफा:
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (तराई) को सञ्चालन नाफा ४८ करोड ६७ लाख रुपैयाँ छ भने बोटलर्स नेपाल (बालाजु)को सञ्चालन नाफा ४४ करोड ४६ लाख रुपैयाँ रहेको छ। यसरी दुई कम्पनी मध्ये संचालन नाफा को आधारमा बोटलर्स नेपाल (तराई) अगाडि छ।
गत वर्षको सोही अवधिमा संचालन नाफा क आधारमा भने बोटलर्स नेपाल (बालाजु) अगाडि थियो।
खुद नाफा:
चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार बोटलर्स नेपाल (बालाजु) को खुद नाफा ५ करोड ९८ लाख रुपैयाँ रहेको छ भने बोटलर्स नेपाल (तराई) को खुद नाफा २६ करोड १४ लाख रुपैयाँ रहेको छ। दुई कम्पनी मध्ये खुद नाफाको आधारमा पनि बोटलर्स नेपाल (तराई) नै अगाडि रहेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार दुवै कम्पनीको खुद नाफामा यस पटक गिरावट देखिन्छ।
प्रति सेयर आम्दानी:
प्रति सेयर आम्दानीको आधारमा पनि बोटलर्स नेपाल (तराई) अगाडि छ । बोटलर्स नेपाल (तराई) को प्रति सेयर आम्दानी २८८.०७ रुपैयाँ छ भने बोटलर्स नेपाल (बालाजु) को ४०.९८ रुपैयाँ छ। दुवै कम्पनीको प्रति सेयर आम्दानी गत वर्षमा तुलनामा यस पटक घटेको देखिन्छ।






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)






![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया