ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौताः युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ कार्तिक १४ गते
ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यासबीच सम्झौताः युएईबाट नेपालमा सजिलै पैसा पठाउन सकिने

ग्लोबल आइएमई बैंक र इन्स्टेन्ट क्यास एफजेडईबीच रेमिटेन्स सुविधा प्रदान गर्ने सम्झौता भएको छ । यससँगै विश्वका विभिन्न देशहरूबाट ग्लोबल रेमिट मार्फत नेपालमा सजिलै पैसा पठाउन सकिने भएको छ ।

सम्झौताअनुसार देश बाहिर रहेका नेपालीहरूले ग्लोबल आइएमई बैंकको खातामा र नेपालका अन्य बैंक र वित्तीय संस्थामा सहज तरिकाले रेमिटेन्स पठाउन सक्नेछन् । युनाइटेड फिनटेक सोलुसन एलएलसीको पूर्ण स्वामित्वमा रहेको इन्स्टेन्ट क्यासले फिनटेकमार्फत रेमिटेन्स सेवा प्रदान गर्दै आएको छ ।

युएई तथा विश्वको विभिन्न देशबाट ग्लोबल रेमिटमार्फत ग्लोबल आइएमई बैंकमा पठाइएको पैसा नेपालभरि रहेका बैंकका सम्पूर्ण शाखा कार्यालयहरू र ५० हजारभन्दा बढी आइएमई लिमिटेडका एजेन्टहरूमार्फत भुक्तानी लिन सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स