गौरा पर्वको कार्यक्रममा केपी ओलीलाई गाली गर्ने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग

बजारको चिरफार
बजारको चिरफार
२०८१ भाद्र १२ गते
गौरा पर्वको कार्यक्रममा केपी ओलीलाई गाली गर्ने युवाहरुलाई तत्काल रिहा गर्न सांसद ढकालको माग

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले गौरा पर्वको अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा हो–हल्ला गरेको अभियोगमा पक्राउ परेका युवाहरुलाई रिहा गर्न माग गरेका छन् ।

बुधवार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद ढकालले गौरा पर्वमा टुंडिखेलमा आयोजित कार्यक्रममा युवाहरुले विरोध भाषण गरेका भन्दै युवाहरुलाई अराजक शैली भनेर पक्राउ गर्नु गलत भएको बताए ।

उनले युवाहरुका बिरोधका बोली सरकारले सुन्नुपर्ने बताए । उनले स्वदेशमा अवसर र रोजगारीबाट वञ्चित युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गरिएको भन्दै सो कारण समाउन नपाइने बताए । उनले युवाहरुलाई त्रसित नबनाउन पनि आग्रह गरे ।

उनले भने  – ‘गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा टुँडिखेलमा युवाहरुले विरोध भाषण गरे । यसलाई अराजक शैली अनेक बहाना लगाएर सरकारले त्यो भिडियो फुटेजहरु स्क्रिनिङ गरिगरी हिजोबाट ति युवा साथीहरुलाई हिरासतमा राख्न थालेको रहेछ । यो विल्कुल गलत भएको छ । बिरोधका बोलीहरु त्यो पनि युवाले राखेको । राज्यले सुन्न सक्ने धैर्यता राख्नुपर्छ । स्वदेशमा अवसरबाटवञ्चित, रोजगारीबाट बञ्चित बनाइएका ति युवाहरुले सिंहदरबार भित्रका बेइमानहरुलाई खबरदारी गर्दैगर्दा यसरी समाउन पाइदैनँ । ति युवाहरुको तत्काल रिहाको माग गर्न चाहान्छु । साथै विभिन्न जिल्लामा स्टाटस लेखेकै भरमा युवाहरुलाई समातिएको समाचार आएको छ । कमिलाको उड्ने बेलामा प्वाख पलाउँछ । कमिलाको उड्ने बेलामा प्वाँख पलाएको जस्तो नहोस् । हामी पनि यस विषयमा संवेदनशील छौँ । तर सरकारले यो रवैया देखायो भने कमिलाको प्वाँख पलाएको जस्तै हुन्छ । गृहमन्त्रीज्यूलाई गम्भीर ध्यानाकर्षण गराउन चाहान्छु, युवाहरुलाई समात्ने हो भने टुडिखेल भरि भरिएका युवाहरु सबै समाउनु पर्छ । क्यामेराले भेटेको थिएन होला के गर्नुहुन्छ ? युवाहरुलाई त्रसित नबनाउनुस् । म सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु ।’ 

उनले विभिन्न जिल्लामा स्टाटस लेखेको भरमा युवाहरुलाई समातिएको भन्दै यस्तो रवैया नदेखाउन सरकारलाई चेतावनी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स