गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने

गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले २६ करोड बराबरको ऋणपत्र निष्काशन गर्ने

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले २६ करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ ।

कम्पनीको असार ५ गते (बुधवार) बसेको सञ्चालक समितिको बैठकले नेपाल राष्ट्र बैंकको निर्देशन तथा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनमा भएको व्यवस्थाबमोजिम १ हजार रुपैयाँका दरले २६ करोड रुपैयाँ बराबरको २ लाख ६० हजार इकाई डिबेन्चर निष्कासन गर्ने निर्णय गरेको हो ।

८ वर्षे अवधि रहने सो डिबेन्चरको ब्याजदर ९ प्रतिशत र ६/६ महीनामा भुक्तानी हुने गरी जारी गरिने छ। यस सम्बन्धमा अन्य नियमकीय प्रावधान पूरा गरी नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात डिबेन्चर निष्कासन गरिने कम्पनीले बताएको छ ।

#BajarkoChirfar #bazarkochirfar

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स